malvika
ma laxmi dental

सनिबार प्युठानमा दुर्घटना भएको गाडी रास्वपाको होईन : सभापती पोख्रेल

">

सनिबार बाग्दुला बजार नजिकै दुर्घटना भएको पिक अफ गाडी  रास्वपाको प्रचार  प्रसारमा प्रयोग नगरिएको बताईएको छ ।

">

रास्वपा प्युठानका  उम्मेदवारको तस्बिर टासिएको गाडी प्रचार प्रसारमा नहिडेको राष्ट्रिय स्वतन्त्र पार्टी प्युठानका सभापती  बिकास पोख्रेलले आफ्नो फेसबुक स्टाटस  मार्फत जानकारी गराउनु भएको छ ।

घटना घटेको केही समयपछि पोख्रेलले फागुन १५ गते सम्म मात्र पार्टीको प्रचार–प्रसार कार्यक्रमहरूमा  गाडी प्रयोग गरिएको बताउनु भयो ।

सोही गाडिले सनिबार दिउँसो मोटरसाईकल र स्कुटरमालाई ठक्कर दिएको थियो । घाईतेहरु १ जनालाई डिस्चार्ज गरि ३ जनालाई जिल्ला अस्पताल प्युठान बाट बाहिर रिफर गरिएको प्रहरिले जनाएको छ ।

Sarbottam
Loading...