malvika
Worldlink

भानुभक्त मावि बर्वोटमा परिक्षणको लागी रोपेको तर्भुजाले राम्रो नतिजा दियो

मनाल पोष्ट
प्यूठानको भानुभक्त माध्यमिक विद्यालय बर्वोटका प्राबिधिक धार तर्फका बिद्यार्थीहरुले परिक्षणका लागी रोपेको तर्भुजाले राम्रो नतिजा दिएको छ । मल्लरानी गाउँपालिका ३ बर्वोटमा अवस्थित विद्यालयका प्राविधिक विद्यार्थीहरुले सरस्वती भेराईटिको तर्भुजाले रोपेका थिए ।

makre
mallika

उक्त तर्भुजाले नतिजा राम्रो दिएपछी पुर्वी प्यूठानको चुजाठाटीमा तर्भुजालाई व्यवसायीक खेती गर्न सकिने विद्यालयका प्राविधिक प्रशिक्षक दिपक आचार्यले बताउनु भएको छ । सोमवार पहिलोपटक फल टिपेर विद्यालयका शिक्षक तथा विद्यार्थी हरुले दिवा खाजाको रुपमा तर्भुजा खाएका छन । विद्यालयमा कक्षा १ देखि १२ सम्म साधारण र कक्षा ९ देखि १२ सम्म प्राबिधिक बाली बिज्ञान विषय बढाई हुँदै आएको प्राधानाध्यापक चक्रपाणी पौडेलले जानकारी दिनुभयो ।

Marvel
Marvel
Loading...