malvika
ma laxmi dental

आज ३ पालिकामा एमालेको अगुवा कार्यकर्ता भेटघाट

">

नेकपा एमाले प्यूठानले आज पनि पार्टीका अगुवा पंक्तिसंग निर्वाचन केन्द्रित छलफल  तथा भेटघाट गरेको छ ।

">

शुक्रवार जिल्लाको  मल्लरानी गाउँपालिका , प्यूठान नगरपालिका  र ऐरावति गाउँपालिकामा उक्त भेला सम्पन्न गरेको एमाले प्यूठानले जनाएको छ ।

आफ्नो उम्मेदवारलाई जिताउन एमाले प्युठानले प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुर्य  थापा सहित पालिका, वडा तहमा अगुवा कार्यकर्ता भेटघाट र  चुनावी योजना बनाउन जुटेका छन् ।

सोही सन्दर्भमा अगुवा कार्यकर्ता भेटघाट गरेको नेकपा एमाले प्युठानका सचिब इन्द्रमणी पोख्रेलले जानकारी दिनुभयो ।

भेटघाट कार्यक्रमको अवसरमा फागुन २१ गते हुने निर्वाचनका बारेमा अगुवा कार्यकर्ता संग छलफल भएको सचिब पोख्रेलले जानकारी दिनुभयो ।
यो संगै जिल्लाका ३ वटा पालिकामा भेटघाट गर्न वाकि रहेको उहाको भनाई छ ।
कार्यम्रममा लुम्विनी प्रदेशका सचिवालय सदस्य  तुल्सीराम शर्मा , जिल्ला कमिटी , पालिका तथा वडाका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

Sarbottam
Loading...