
">भारतको जलन्दरमा रोजगारी गर्दै आएका तिलबहादुरको टाउकोमा प्रेसरले हान्यो । ऐरावती गाउँपालिका २ बरौला जाडीमा घर भएका तिल बहादुर परियारले आर्थिक अभावका कारण भारतमा उपचार पाएनन । त्यसैले माघ ६ गते उनि नेपाल फर्किए ।
श्रीमति जमुना परियारले तिल बहादुरलाई वुटवलको वुटवल हस्पीटल प्रालिमा उपचार गर्न लगीन । अस्पतालले उपचार खर्च धेरै लाग्ने भनेपछि उनले श्रीमानलाई घर फर्काइन ।
घर फर्किएका तिलवहादुुर लाइ सुक्रवार बरौंलाका स्थानियहरुको सहयोगमा काठमाण्डौ पठाइएको छ । जसोतसो भाडा खर्च गराएर काठ्माण्डौ हिडेका तिलवहादुरको दाया हात र खुट्टा चल्दैन ।
श्रीमती जमुना परियारले यतिवेला श्रीमानको उपचारका लागी सहयोग याचना गरिरहेकी छिन । तिलबहादुरको घरमा ११ वर्षकि छोरी र ९ वर्षको छोरा रहेका छन ।
श्रीमानलाई बचाउने आसामा जमुना काठ्माण्डौ पुगेकी छिन । उनले सक्दो सहयोग गरिदिन सवैसंग अपिल गरेकी छिन ।
४७ वर्षिय तिल बहादुर १२ वर्षको उमेरदेखी भारतमा रोजगारी गर्दै आएका थिए ।

